कोशी प्रदेश : विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने जसपाको निर्णय, माओवादीले विपक्षमा मतदान गर्ने

डिसी नेपाल
१४ असार २०८० १४:४६
468
Shares

विराटनगर। जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा आफूलाई विश्वासको मत दिने गरेको प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेको छ।

बिहीबार बसेको प्रदेश कमिटी बैठकले मुख्यमन्त्री हिक्मत कार्कीको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय नगरेको गरेको हो।

यसैबीच नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेकाके छ।

बिहीबार बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो। मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा माओवादीले सो निर्णय गरेको हो।

मुख्यमन्त्री कार्कीले विश्वासको मत दिन आग्रह गर्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पत्राचार गरेका छन्।

तर, यही बेला बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो। यसअघि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *