‘प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा मात्रै ४५ प्रतिशत बजेट छुट्याइयो’

डिसी नेपाल
१९ असार २०८० १६:४६

काठमाडौं । राष्ट्रियसभा सदस्य रामचन्द्र राईले समन्यायिक विकासलाई बजेटले आत्मसाथ गर्न नसकेको बताएक छन् । मंगलबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमाथिको छलफलका क्रममा राईले पहुँचका भरमा बजेट बिनियोजना गरेको र यसले समन्यायिक विकासलाई आत्मसाथ गर्न नसकेको बताएका हुन् ।

उनले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा मात्रै ४५ प्रतिशत बजेट विनियोजन भएको आरोप लगाउदै यसले देशका सबै क्षेत्रका जनताको अपेक्षा पुरा गर्न नसक्ने बताए । उनले भौतिक र अभौतिक सम्पदाहरुको संरक्षण नगर्ने हो भने पर्यटन प्रवद्र्धन गर्छु भन्ने ठट्टा मात्रै हुन जाने उल्लेख गरे । नेपाल भाषाभाषीको धनी देश भएको उल्लेख गर्दै ७० भाषा जनजातिले बोल्ने भए पनि त्यसमा सरकारको ध्यान नगएको उनको भनाइ छ ।

त्यस्तै छलफलमा भाग लिदै सांसद गोपाल भट्टराईले बजेटका योजनाहरु कार्यान्वयन हुन नसक्ने अवस्था देखिएको बताए । उनले भूमि व्यवस्थाका काम बजेट नहुन समस्यामा परेको भन्दै स्थानीय भूमि सुधारका कामहरु स्थानीय पालिकालाई दिनुपर्नेमा जोड दिए ।

सांसद सोनाम गेल्जेन शेर्पाले सगरमाथामा मानव चढेको ७० वर्षपछि बल्ल सो क्षेत्रमा पर्यटनको विकास सुरु भएको बताए । विगतमा कुनै पनि योजना नबनाइ पर्यटक भित्र्याउने लक्ष्य राखिएको भन्दै अब भने योजना बनाएर नै पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताए ।

राष्ट्रियसभामा मंगलबार भूमि व्यवस्था, भौतिक पूर्वाधार, सङ्घीय मामिला र पर्यटन मन्त्रालयका लागि छुट्याइएको बजेटबारे छलफल भएको हो । त्यसअघि बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० टेबुल गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *