ललिता निवास जग्गा प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’मा

डिसी नेपाल
१९ असार २०८० १७:४२
192
Shares

काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरुद्वारा दायर बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’मा परेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ र धर्मप्रसाद गौतमले दायर गरेको रिटको पेसी हेर्न नभ्याइनेमा परेको हो।

उक्त रिटको सुनुवाइका लागि मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा तोकिएको थियो ।

यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा। कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *