ललिता निवास प्रकरणः ‘पक्राउ नगर्नु’ भन्ने आदेश खारेजीको माग गर्दै सर्वोच्चमा प्रहरीको निवेदन

डिसी नेपाल
१९ असार २०८० १९:१९
2.4k
Shares

काठमाडौं। बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७ जनालाई पक्राउ नगर्न दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रहरीले सर्वोच्च अदालतमा निवेदन दिएको छ।

मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो अन्तरिम आदेश कायमै रहेको अवस्थामा अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने व्यक्तिहरूलाई पक्राउ गर्नै नपाउने अवस्था आएपछि महान्यायाधिवक्तामार्फत सर्वोच्चमा निवेदन दिएको हो।

२०७९ साउन १९ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘किर्ते मुद्दामा पक्राउ नगर्नु, नगराउनु’ भन्दै अन्तरिम आदेश दिएका थिए ।

यसअघि नै सर्वोच्चबाट स्टेअर्डर ल्याएको पाइएपछि पक्राउ परेका तीन जनालाई भने कागज गराएर छाडिएको थियो ।

यसरी छाडिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन् । देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख र कपाली कर्मचारी हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *