राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने एमालेकाे अडान

डिसी नेपाल
२१ असार २०८० ६:३०
96
Shares

काठमाडौं। राष्ट्रियसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।

हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घन्टा स्थगित गरी ३ः०० बजे बोलाइएको थियो।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण दिउँसो ४ः४६ बजे बोलाइएको थियो। सो बैठक पनि सञ्चालन हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो।

भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिब्यक्ति दिएपछि प्रतिपक्षी दलहरुले सदन अबरुद्ध गरेका थिए। उनीहरुले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने अडान कायमै राखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *