कांग्रेस जिल्ला सभापतिहरुको बैठक आज पनि
काठमाडौं। नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठकले आज पनि बस्दैछ। बिहीबारदेखि सुरु भएको जिल्ला सभापतिहरुको बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ।
सो बैठकमा ४२ जिल्लाका जिल्ला सभापतिहरुसहित अन्य केन्द्रीय र प्रदेशका प्रतिनिधिहरु सहभागी रहेका छन्। गत बिहीबारको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफनो धारणा राखेका थिए भने बाँकीले आज आफनो धारणा राख्ने बुझिएको छ।
जिल्ला सभापतिहरूले धारणा सुने पछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफ दिने तथा पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ।
पार्टीको पछिल्लो १४ औं महाधिवेशन पछि पहिलो पटक कांग्रेसले जिल्ला सभापतिहरूसँग बैठक आयोजना गरेको हो। बैठकमा पार्टी सदस्यता, जिल्ला समितिमा देखिएका बिबाद र समस्यालगायत केन्द्रीय समितिलाई सुझाव माग गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment