कोशी प्रदेश : मुख्यमन्त्री थापाले लिए शपथ, ३ सदस्यीय मन्त्रिपरिषद् गठन

डिसी नेपाल
२२ असार २०८० ११:४१
256
Shares

विराटनगर। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष नवनियुक्त मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

आफूले शपथ लिएसँगै मुख्यमन्त्री थापाले तीन सदस्यीय  मन्त्रिपरिषद् गठन गरेका छन्। उनले कांग्रेसका प्रदीप सुनार र एकीकृत समाजवादीका कमल जबेगुलाई मन्त्रीमा नियुक्त गरेका छन्। उनीहरूको जिम्मेवारी भने तोकिएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *