फलफूल तथा तरकारीकाे मूल्य : काउली ७५ रूपैयाँ, किवि ८५० रुपैयाँ

डिसी नेपाल
२५ असार २०८० ९:०२
2.3k
Shares

काठमाडौ, २५ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (सोमबार) बजारमा औसत मूल्य प्रतिकेजी १३ रुपैयाँदेखि ८५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ। मूल्यसूची अनुसार आज लोकल बन्दा सबैभन्दा सस्तो प्रतिकेजी १३ रुपैयाँ र किवि प्रतिकेजी ८५० रुपैयाँ पर्ने भएको छ।

त्यस्तै,  नेपाली गोलभेडा, भटमासकोशा, तितो करेला र भिण्डी प्रतिकेजी ९५ रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, सानो टनेल गोलभेडा ४० रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ रहेको छ।

यसैगरी,मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको प्याज (भारतीय) ५३ रुपैयाँ २५ पैसा, लोकल गाजर ९६ रुपैयाँ, स्थानीय काउली र झिगूनी प्रतिकेजी ७५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा, लौका र पालूगो साग प्रतिकेजी ८५ रुपैयाँ, तने बोडी र घिउ सिमी प्रतिकेजी ११० रुपैयाँ तोकिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *