पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफका छोरालाई १६ अर्ब रूपैयाँ मनी लान्ड्रिङ मुद्दामा सफाइ

डिसी नेपाल
२६ असार २०८० १६:३७
144
Shares

काठमाडौं । लाहोरको विशेष अदालतले सोमबार पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफका छोरा सुलेमान सरिफलाई १६ अर्ब पाकिस्तानी रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ।

फेडरल इन्भेस्टिगेशन एजेन्सी अर्थात् एफआईएले सुलेमान सरिफविरुद्ध यो मुद्दा दर्ता गरेको हो ।

सुलेमान सरिफ चार वर्ष लन्डनमा निर्वासनमा बसेपछि डिसेम्बर २०२२ मा पाकिस्तान फर्के। पाकिस्तानको नेशनल एकाउन्टेबिलिटी ब्यूरो अर्थात् एनएबीले पनि आयभन्दा बढी सम्पत्तिको मुद्दामा उनको नाम दर्ता गरेको छ ।

डन न्युजका अनुसार सुलेमान दुवै घटनामा घोषित अपराधी थिए। तर, उनी फर्कनुअघि नै इस्लामावाद उच्च अदालतले सुलेमानलाई पक्राउ गर्न दुवै निकायलाई रोक लगाएको थियो।

गत वर्ष अक्टोबरमा एक विशेष अदालतले प्रधानमन्त्री शाहबाज शरीफ र उनका जेठा छोरा हम्जा शाहबाजलाई सोही मुद्दामा सफाइ दिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *