निरा र मनोजको परिवारलाई एनआरएनए अमेरिकाद्वारा आर्थिक सहयोग

डिसी नेपाल
३० असार २०८० १३:२१

पोखरा।  गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएनए अमेरिका)ले निरा छन्त्याल र मनोज थापाका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

अघिल्लो वर्ष माघ १ गते पोखरामा दुर्घटना भएको यति एअरलायन्समा ज्यान गुमाएकी निरा छन्त्यालको परिवारलाई एनआरएनए अमेरिकाले आर्थिक सहयोग गरेको हो । साथै पुस १६ गते अमेरिकामा गाडी दुर्घटनामा मृत्यु भएका मनोज थापाका परिवारलाई पनि एनआरएनले सहयोग गरेको हो ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्सालले पोखरामै पुगेर आर्थिक सहयोग गरेका हुन् । अध्यक्ष लम्सालका अनुसार एनआरएनए ग्लोबल फाउन्डेसनको माध्यमबाट निराका परिवारलाई सहयोग गर्न १०८३ अमेरिकी डलर ९एक लाख ३९ हजार ७६ रुपैयाँ र मनोज थापा सहयोगार्थ रकम ४४० अमेरिकी डलर (५७ हजार ४५ रुपैयाँ) संकलन भएको थियो ।

आर्थिक सहयोग हस्तानतरण कार्यक्रममा कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र पोखरा महानगरपालिकाका प्रवक्ता मतिराज तिमल्सिना, स्थानीय समाजसेवी, सञ्चारकर्मीलगायत उपस्थित थिए । अध्यक्ष लम्साले सामाजिक कार्यका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

‘यस घडीमा एनआरएनए अमेरिकाका सहयोगी मनहरु जसले नेपालको बारेमा संधै सोच्ने मात्र नभई सामाजिक, प्रविधिक तथा आर्थिक सहयोग गरिरहन्छन्, सबैलाई सम्झदै आजको यो संकलित रकममा सहयोग पुर्याउने मेरा कार्यसमितिका साथीहरु र हाम्रा सदस्यहरुमा कृतज्ञताका साथ हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *