‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ सात प्रदेशका २१ जिल्लामा सञ्चालन

डिसी नेपाल
१ साउन २०८० १२:४१
288
Shares

काठमाडौँ। सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ साउन १ गतेबाट सञ्चालनमा आएको छ। सवारी नियम उल्लंघन कसूरहरूको जरिवाना वापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम संचालन गरिएको हो।

उक्त सिस्टम कोशी प्रदेश अन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेश प्रदेश अन्तर्गतका सिरहा, पर्सा र महोत्तरी, बागमती प्रदेश अन्तर्गतका सिन्धुली, काभ्रे र मकवानपुर, गण्डकी प्रदेश अन्तर्गतका कास्की, तनहुँ र नवलपरासी (पूर्व), लुम्बिनी प्रदेश अन्तर्गतका रूपन्देही, दाङ र बाँके, कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत, सल्यान र दैलेख र सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली, कंचनपुर र डोटी जिल्लामा लागू भएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *