फलफूल तथा तरकारीको मूल्य : मालदह आँप १५० रुपैयाँ, अनार ४०० रुपैयाँ

डिसी नेपाल
३ साउन २०८० ९:४३
232
Shares

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ, टनेल गोलभेडा सानो ७० रुपैयाँ,भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५० रुपैयाँ, घिउ सिमी लोकल ४० रुपैयाँ, कुरीलो प्रतिकेजी २५० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४६ रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, लौका ५० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ , गाजर ८० रुपैयाँ, बन्दा लोकल १० रुपैयाँ, मूला रातो ३० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ, ब्रोकाउली ८० रुपैयाँ, कागती ११० रुपैयाँ, भिण्डी ५० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काक्रो ८० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, अदुवा प्रतिकेजी २६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १५० रुपैयाँ, अनार ४०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, हरियो अंगुर ४५० रुपैयाँ, किवि ८०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३१० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै, मालदह आँप १५०, हरियो धनिया १००, छ्यापी सुकेको १३० रुपैयाँ, खु्र्सानी सुकेको ४५० रुपैयाँ, लसुन १८० रुपैयाँ, चाइनिज लसुन २५० रुपैयाँ, रुख कटहर ४० रुपैयाँ, भेडे खु्र्सानी ७० रुपैयाँमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *