सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्कासन गर्ने

डिसी नेपाल
४ साउन २०८० ११:३६
260
Shares

काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गर्ने भएको छ। लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको ४६ हजार ७२९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो। संस्थाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा एफपीओ जारी गर्न लागेको छ।

जसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। बिक्री प्रबन्धकमा नियुक्तको लागि भएको सम्झौतामा सूर्योदय वोमी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन्।

लघुवित्तले ११ औं वार्षिक साधारणसभाले निर्णय गरेअनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर यस कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो। लघुवित्तमा हाल संस्थापक सेयरको हिस्सा ७०.३ प्रतिशत ६ र सर्वसाधारणको सेयर स्वामित्व २९.६४ प्रतिशत छ। लघुवित्तले सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत पुर्‍याउनको लागि एफपीओ जारी गर्न लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *