सामान्य अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार
काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०५ अंकले बढेर ४१०.५२ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६४ कम्पनीको ८४ लाख २४ हजार १०८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शिवम सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज १४ करोड २३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।
बिहीबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ५ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा बिसाल बजार र लिबर्टी इनर्जीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिटिजन म्युचुअल फण्ड र कुमारी इक्युती फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment