२६.६६ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
८ साउन २०८० १५:१०
184
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१४ अंकले घटेर ४१८.७८ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नेपाल रि-इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज २५ करोड ५६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा ग्लोबल आईएमई बैंक र प्रभु बैंकको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसूचकमध्ये म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेको छ। आजको कारोबारमा किसान लघुवित्त र नेपाल रि-इन्स्योरेन्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनआईबिएल ग्रोथ फण्ड र लिबर्टी इनर्जीका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *