गगन थापा भन्छन्– संसदीय दलको नेता बन्ने प्रयास जारी रहने छ

डिसी नेपाल
८ साउन २०८० १९:३०
80
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बन्ने आफ्नो प्रयास जारी नै रहने बताएका छन्।

केन्द्रीय कमिटी बैठकमा बोल्दै थापाले नेतृत्व परिवर्तनको विषयले नेपाली राजनीतिमा प्रवेश पाउनुपर्ने र आफू त्यसका लागि लागिपर्ने बताए।

उनले पहिलो प्रयास असफल भए पनि आफूले दोस्रो प्रयास गर्ने प्रस्ट पारे। ‘पहिलो प्रयासमा सफल भइनँ। मैले फेरि अर्को प्रयास गर्नै मिल्दैन?’ उनले प्रश्न गरे, ‘अवश्य मिल्छ। पार्टीको विधानले, संसदको नियमले मिल्छ।’

उनले आफू कर्ममा विश्वास गर्ने भन्दै संसदीय दलको नेता बन्न गाह्रो भए पनि प्रयास नछाड्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *