११ महिनामा वाणिज्य बैंकले कमायाे ६७ अर्ब २३ करोड रुपैयाँ

डिसी नेपाल
९ साउन २०८० १०:३८
116
Shares

काठमाडौँ।  गत आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन्। एक महिनाको अवधिमा बैंकहरुको नाफा बढेको छ।

वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ। यसका ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

त्यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्बभन्दा माथि छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *