कोशी सरकारविरुद्धको रिट खतिवडा, भट्टराई र श्रेष्ठको पूर्ण इजलासमा

डिसी नेपाल
९ साउन २०८० ११:५४
84
Shares

काठमाडौं। कोसी प्रदेश सरकारको वैधतामा प्रश्न उब्जाएर दायर गरिएको रिटमाथि मंगलबार सर्वाेच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।

कोशी प्रदेश सरकारको वैधतामाथि प्रश्न उठाएर कोशी प्रदेश सभा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमामथि सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ हुने भएको हो।

सोमबार सर्वाेच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाएको थियो।

कोश प्रदेशसभा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन असंवैधानिक रुपमा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेको भन्दै बदर गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसहित कार्कीले गत २२ असारमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *