वनमन्त्री महतोसँग यूएईका राजदूत साम्सीको शिष्टाचार भेटवार्ता

डिसी नेपाल
९ साउन २०८० १७:३२

काठमाडौं। नेपालका लागि युनाईटेड अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुला अल साम्सीले वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोसँग भेटवार्ता गरेका छन्।

काठमाडौंस्थित् होटेल याक एण्ड यतिमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने विषयमा कुराकानी भएको छ। सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीको पनि उपस्थिति थियो।

मन्त्री महतोले नेपाल र युनाइटेड अरब इमिरेट्सबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

मन्त्री महतोले युएईले उर्जा, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा पछिल्ला वर्ष द्रुत गतिमा विकास गरेको भन्दै समृद्धिको लागि बधाईसमेत दिए।

सो अवसरमा राजदूत साम्सीले नेपाल र यूएईबीच असल सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझै मजबुद बनाउने विश्वास दिलाए। उनले युएईले नेपालको विकास र समृद्धिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने योजना बनाएको पनि उल्लेख गरे।

नेपाल र युएई दुवै देश युएनका सदस्य तथा असंलग्न परराष्ट्र नीति (नन एलाईनमेन्ट)को पक्षधर हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *