पार्टी भित्र एक अर्कालाई गाली गलौज गरेर हुँदैन : चन्द्र भण्डारी

डिसी नेपाल
९ साउन २०८० १८:१९

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिको निर्णय आएपछि पार्टीलाई विधिसम्मत ढंगले चलाउने बताएका छन् ।

४१ औं स्मृति सप्ताहको अवसरमा मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा कोइरालाले केन्द्रीय समितिमा खुल्ला रुपमा पार्टीका चूनौति लगायतका विषयमा छलफल भएको भन्दै बैठकको निर्णय आएपछि पार्टीलाई विधिसम्मत ढंगले चलाउने बताएका हुन् ।

उहाले पार्टीको केन्द्रीय समितिभित्रको बैठक प्रत्यक्ष प्रसारण गर्दा आफुलाई असहज लागेको पनि बताए । कोईरालाले चूनावी गठबन्धनको विपक्षमा आफु रहेपनि अहिलको निर्वाचन प्रणालीमा कुनै दलको बहुमत आउन सम्भव नै नरहेकाले गठबन्धनमा जानै पर्ने अवस्था रहेको धारणा राखे । उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने आँट गर्नुपर्ने र गठबन्धन गर्नैपरे निर्वाचन पछि मात्रै गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले अहिले नै पार्टी सभापति परिवर्तन गर्नुपर्छ भन्नेमा आफु नरहेपछि आगामी महाधिवेशनमा पार्टी सभापति बदल्नुपर्ने र शेखर कोइरालालाई सभापति बनाउने बताए । कानूनमन्त्री समेत रहेका गुरुङले उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेरै छाड्ने र रुपान्तरणको सुरुवात गर्ने उल्लेख गरे । भ्रष्टाचारका ठूल्ठूला काण्डहरुको फाइल खोल्दै दोषीलाई कानुनी कठघरामा उभ्याउने दावी गरे ।

त्यस्तै कांग्रेस नेता चन्द्र भण्डारीले पार्टी भित्र एक अर्कालाई गाली गलौज गरेर केहि नहुने भन्दै जनताको मुद्दामा बहस गर्नुपर्ने बताए । उहाले आफ्नो निजि स्वार्थका लागि अग्रह नेताहरुको नामको दुरुपयोग गर्नु अपराध भएको बताए । त्यस्तै अन्य कांग्रेस नेताहरुले पार्टी रुपान्तरणको अभियान नछाड्ने बताएका थिए । अहिले कांग्रेस कमजोर हुँदै गएको भन्दै उनीहरुले पार्टी बलियो बनाउन एकसाथ अघि बढ्नुपर्ने समेत धारणा राखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *