निर्वाचन खर्च विवरण बुझाएको सोविता गौतमको स्पष्टोक्ति

आफूमाथि कारवाही हुनुपर्ने कानुनी आधार नरहेको जिकिर

डिसी नेपाल
१० साउन २०८० ७:०८

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफूले पहिला नै निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेको बताएकी छन्।

मंगलबार निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण पेश नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने निर्णय गरेपछि आपत्ति जनाउँदै सांसद गौतमले आफूले २०७९ मंसिर २८ गते जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा निर्वाचन खर्चको विवरण पेश गरेको जनाएकी छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सांसद गौतमले भनेकी छन्-मैले मिति २०७९/०८/२८ गते दर्ता नं. १९ मा जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा प्रतिनिधि सभा सदस्य ऐन २०७४ को दफा ७२ बमोजिम निर्वाचन खर्च विवरण पेस गरेकोछु। मैले बुझाएको खर्च विवरण मेरो व्यक्तिगत फेसबुक एकाउन्ट र विभिन्न राष्ट्रिय दैनिक तथा अनलाईन न्युजमार्फत सार्वजनिक भएको थियो।’

उनले निर्वाचन आयोगले कारवाही गर्न उल्लेख गरेको निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ दफा ३१ (४) बमोजिम आफ्नो नाम पर्नुपर्ने कुनै कानुनी आधार नरहेको जिकिर गरेकी छन्।

‘निर्वाचन आयोगले कानुनको गलत व्याख्या गरी, बिना कानुनी आधार मेरो नाम दुरुपयोग गरेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनेकी छन्।

गाैतमले जारी गरेकाे विज्ञप्ति

निर्वाचन आयोगको २०८०/०४/०९ मा प्रकाशित भएको “निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५०००/- जरिबाना गर्ने निर्णय” शीर्षकको प्रेस विज्ञप्ति प्रति मेरो गम्भीर ध्यानाकर्षणभएको छ ।

मैले मिति २०७९/०८/२८ गते दर्ता नं. १९ मा जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा प्रतिनिधि सभा सदस्य ऐन २०७४ को दफा ७२ बमोजिम निर्वाचन खर्च विवरण पेस गरेकोछु । मैले बुझाएको खर्च विवरण मेरो व्यक्तिगत फेसबुक एकाउन्ट र विभिन्न राष्ट्रिय दैनिक तथा अनलाईन न्युजमार्फत सार्वजनिक भएको थियो ।

निर्वाचन आयोगले कारबाही गर्न उल्लेख गरेको निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ दफा ३१ (४) बमोजिम मेरो नाम पर्नुपर्ने कुनै कानुनी आधार देखिँदैन ।

निर्वाचन आयोगले कानुनको गलत व्याख्या गरी, बिना कानुनी आधार मेरो नाम दुरुपयोग गरेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छु । (मेरो खर्च विवरण बुझाएको प्रमाण, सार्वजनिक गरेको समाचारको प्रमाण र निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ दफा ३१(४) यसैसाथ संलग्न छ )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *