सूर्योदय वोमी लघुवित्त ४४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ४४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। यस सेयरमा लगानीकर्ताले ३५ दिन भित्र खरिद आवेदन दिईसक्नु पर्नेछ।
इच्छुक संस्थापक सेयरधनीहरुले यो सेयर खरिद गर्न ललितपुरको महालक्ष्मी–४स्थित संस्थाको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ।
तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment