४१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले ४१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा विभिन्न कोषमा रहेका उक्त रकम राष्ट्र बैंकले आउँदो साउन १६ गतेदेखि २०८१ साउन १६ गतेसम्म १ वर्षको लागि मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६ करोड १५ लाख रुपैयाँ र फाइनान्समा २ करोड ५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ।
बैंकले मुद्दति निक्षेपका रुपमा राख्न चाहने बैंक तथा बित्तिय संस्थाले साउन ११ गते ७ बजेसम्म आफूलाई चाहिएको रकम र उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर खोली इमेलमार्फत प्रस्ताव पेस गर्न आह्वान गरेको छ। मुद्दति निक्षेपका रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुको राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment