सुन तस्करीबारे जवाफ माग्दै रास्वपाले संसद्‍मा दर्ता गरायो प्रस्ताव

डिसी नेपाल
१० साउन २०८० १४:१२
100
Shares

काठमाडाैं। प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करी प्रकरणलाई लिएर संघीय संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ।

रास्वपाका तर्फबाट सभापति रवि लामिछानेसहित पार्टीका सांसदहरुले हस्ताक्षर गरेका छन्। उक्त प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ।

एक सय क्विन्टल सुन तस्करीको घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको प्रभावकारितामाथि प्रश्न उठाएको प्रस्तावमा उल्लेख छ।

‘यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास गर्यो ? यसले नेपालको सुरक्षा प्रणालीलाई कमजोर तुल्याएको छ,’ प्रस्तावमा भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *