एक क्विन्टल सुन प्रकरणको गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने एमालेकाे निष्कर्ष

डिसी नेपाल
१० साउन २०८० १४:३३

काठमाडाैं। प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा निष्पक्ष छानविनको माग गरेको छ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारका मन्त्री र सरकारमै रहेका दलका नेताहरूको संलग्नताबिना भन्सारबाट सुन पास गर्न असम्भव हुने भन्दै निष्पक्ष छानविनको माग गरेको हो।

बैठकपछि एमाले सांसद रघुजी पन्तले पटक पटक सुन आएको खवर प्रकाशित भएको अवस्थामा गम्भीरतापूर्वक गहिराईमा पुगेर छानविनको गर्न माग गरेको जानकारी दिए।

उनले भरियालाई मात्रै नभई सुन ल्याउने मुख्य व्यक्तिलाई पक्राउ गरेर सुन ल्याउने काममा सघाउनेलाई कारवाही गर्नुपर्ने बताए।

उनले सुन प्रकरणको लामो समय हुँदा पनि सरकारले केहि काम नगर्न नसकेको बैठकको ठहर रहेको जिकिर गरे। बैठकले सुन प्रकरणको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने निष्कर्ष पनि निकालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *