८.११ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक ८.११ अंकले घटेर २१५६.२० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०५ अंकले घटेर ४०९.११ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा ग्लोबल आईएमई बैंकको प्रमोटर सेयर अग्रिम स्थानमा छ। यसको आज १५ करोड १२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिवम सिमेन्ट र नेपाल रि-इन्स्योरेन्सको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ३ उपसूचकबाहेक सबै उपसूचक घटेको छ। आजको कारोबारमा किसान लघुवित्त र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, जल्पा सामुदायिक लघुवित्त र युनिलिभर नेपालका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment