सुन तस्करी प्रकरणः कांग्रेस सांसद शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

संसदमै आमरण अनशन बस्ने चेतावनी

डिसी नेपाल
१० साउन २०८० १६:०३

काठमाडौं । सत्तारुढ दल कांग्रेसका सांसद सुनील शर्माले सुन प्रकरणमा संलग्न मुख्य नाइकेलाई पक्राउ गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सुन तस्करीमा भरियालाई मात्र नभएर मुख्य नाइकेलाई पक्राउ गर्नुपर्ने माग गरेका हुन् । सुन तस्करी प्रकरणलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका उनले सुन तस्करीका मुख्य अभियुक्त नसमातिए संसदमै आमरण अनशन बस्ने चेतावनी पनि दिए ।

‘सुन प्रकरणलाई गुमचुम पारेर गाउँको बिचरा भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भाग्छन् र अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छन् भने प्रधानमन्त्री फर्केपछि उहाँहरूले तोकेको मितिभित्र भरियामात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन घोषणा गर्न चाहन्छु‚’ उनले बैठकमा भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *