संसदमा देवेन्द्र पौडेलले भने– दोषीलाई कारबाही गर्दा माननीयहरू खुसी हुनुपर्ने हो

डिसी नेपाल
१० साउन २०८० १६:२६

काठमाडौं । सरकारको नेतृत्व लिएको माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करीसहित भ्रष्टाचारका दोषीलाई कारबाही गर्दा सांसदहरु खुसी हुनुपर्ने बताएका छन् । तर, अनुसन्धान प्रक्रियालाई नै असर गर्नेगरी विरोध जनाएको उनको भनाइ छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले भ्रटाचारका विषयमा कसैको अनुहार नहेरी कारबाही गर्न माग गरे ।

‘कसैको अनुहार हेर्न जरुरी छैन । सरकार अघि बढोस् । बाँकी रहेका उठेका कतिपय प्रश्नहरुको बारेमा पनि सरकारले छानबिन गरेर व्यक्तिको अनुहार हेर्ने होइन् । उसको काम, तरिका, शैली, गल्तीलाई हेरेर राज्यलाई सुशासनको प्रत्याभूति दिने गरी अघि बढ्न अनुरोध गर्दछु,’ उनले भने ।

भ्रष्टाचार र तस्करीमा संलग्न भएकालाई कारबाही गर्न खोजेको सरकारको कामलाई समर्थन गर्नुपर्ने भन्दै उनले भने, ‘ठूला साना मान्छे होइन, दोषीलाई कारबाही गर्दा माननीयहरु खुसी हुनुपर्ने हो नि । सरकारको यो प्रयत्नलाई सलाम भन्न चाहन्छु ।’

सम्पत्ति शुद्धीकरणलगायतका विषयमा पनि छानबिन हुनुपर्ने उनको माग छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *