रविको चेतावनी– सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके सरकारको दिनगन्ती सुरु हुन्छ

डिसी नेपाल
१० साउन २०८० १६:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके वर्तमान सरकारको दिनगन्ती सुरु हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा लामिछानेले भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणलाई निष्कर्षमा पर्‍याउन नसकेको अवस्थामा सुन प्रकरणलाई निष्कर्षमा पुराउन नसके सरकारको दिनगन्ती सुरु हुने बताएका हुन् । उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले गरेको प्रयासलाइ रास्वापाले गरेको समर्थन फाइदाका रुपमा नलिन समेत सुझाव दिए ।

लामिछानेले सुन तस्करी सेटिङमा भइरहेको आरोप लगाउदै यस विषयमा गृहमन्त्रीले सदनमा चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरे । उनले सुन प्रकरणमा कर्मचारीहरुमाथि अनुसन्धान गर्नुपर्नेमा सरुवा मात्र गरेको भन्दै आपत्ती जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *