एमालेले अवरुद्ध गरेपछि संसद बैठक १५ गतेसम्म स्थगित

डिसी नेपाल
१० साउन २०८० १६:४०

नेकपा एमालेका सांसदहरुले सुन तस्करीमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय सकिएपछि सभामुखले शुन्य समयको कारवाही प्रारम्भ गर्दा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए । बैठकमा एमाले सांसदहरुले सुन प्रकरणमा सरकारका मन्त्रीहरु नै सामेल भएको आरोप लगाउदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गरेका थिए , तर सभामुखले शुन्य समयको कारवाही अघि बढाउन खोजेपनि एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

एमाले सांसदहरुले नाराबाजी गरेपछि कार्यसूचीमा रहेका सम्पूर्ण विषयहरुलाई हटाउदै साउन १५ गते सोमबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *