समयसीमाअनुसार बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महतको निर्देशन

डिसी नेपाल
१० साउन २०८० २२:५६
48
Shares
काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले तोकिएको समय सीमाअनुसार चालु आर्थिक वर्ष २०८०\८१ को बजेट कार्यान्वयन गर्न नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले १५ साउनदेखि समय सीमाअनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन निर्देशन दिएका हुन्।
मन्त्री महतले भने, “डिपीआर (विस्तृत परियोजना प्रतिवेदन) भइसकेका आयोजनाको मात्र अहिले ठेक्का प्रक्रिया अगाडि बढाउनुपर्छ, डिपीआरको मात्र बजेट माग्ने वा प्राथमिकता प्राप्त आयोजना भए डिपीआर गरेर कात्तिकसम्म ठेक्का लगाउन सकिने भए सोहीअनुसार कार्यान्वयन गर्नुपर्छ, कात्तिकभित्र ठेक्का लगाउनैपर्छ ।”
कतिपय दायित्व सिर्जना भए पनि सरकारले तिर्न नसकेको स्वीकार गर्दै उनले ठेक्का लागिसकेको आयोजनाको ठेकेदारले दिएको बिल एक महिनाभित्र अर्थ मन्त्रालयमा ल्याउनसमेत निर्देशन दिए ।
 उनले एक महिनाभित्र आएको बिल अर्थ मन्त्रालयले १५ दिनभित्रमा पास गरेर पठाउने प्रतिबद्धता व्यक्त गरे । स्रोत सुनिश्चितता नभएको आयोजना अगाडि नबढाउन मन्त्रालयका सचिवहरूलाई अर्थमन्त्री डा महतले निर्देशन छ ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *