कुमारी बैंकको २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। कुमारी बैंकले २ लाख ४० हजार १०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
कम्पनीले संस्थापक सेयरधनी वसन्तकुमार चौधरी र राजुबहादुर श्रेष्ठको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो। संस्थापक सेयरधनी वसन्तकुमार चौधरीको २ लाख २३ हजार २७१ कित्ता र राजुबहादुर श्रेष्ठको १६ हजार ८३० कित्ता सेयर रहेको छ।
यस सेयरमा हाल विद्यमान सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। यस सेयरमा इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र काठमाडौँको नक्सालस्थित कुमारी क्यापिटल र काठमाडौँको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई उक्त सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment