२९.७१ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.२६ अंकले घटेर ४०३.८४ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७१ कम्पनीको ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शिवम सिमेन्ट को प्रमोटर सेयर अग्रिम स्थानमा छ। यसको आज १० करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स र प्रोग्रेशिभ फाइनान्सको कारोबार भएको छ।
बिहीबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ। आजको कारोबारमा एनआईसी एशिया फ्लेक्सी क्याप र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, किसान लघुवित्त र प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment