बबिना भट्टराईको ‘बालापनको तीज’ सार्वजनिक(भिडियो)
काठमाडौं। यस वर्षका तीजका लागि भनेर गायक गायिकाले आफ्ना सिर्जनाहरु दर्शकमाझ पस्किरहेका छन्। तीज आउन डेढ महिना बाँकी रहदा गायक गायिकाहरु तीजका लागि युट्युबमार्फत सार्वजनिक गरिरहेको अवस्थामा गायका बबिना भट्टराईले पनि नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ आएकी छन्।
भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तिज’ नामक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतलाई बबिनाकै संगीत सुन्न सकिन्छ।
सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ। ‘बालापनको तीज’ गीतमार्फत बालबालिकाहरुमा समर्पित रहेको छ। सांस्कृतिक सम्पतीको रुपमा सिर्जना गरिएको तीजको कोशेली साना साना नानीहरुको लागी सांस्कृतिक मनोरञ्जन प्रदान गर्नको लागी यो गीत तयार पारिएको गायिका भट्टराईले बताईन् ।
केशब राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । यस गीतको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment