चलचित्र ‘वानर सेना’को पहिलो गीत सार्वजनिक
काठमाडौं । अर्पण गिरी (अरमान जंग)को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वानर सेना’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
‘तिम्रो मनमा’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार अर्पण गिरी (अरमान जंग) र आरजु प्रसाई फिचर्ड छन् । सार्वजनिक गीतको भिडियोमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
सिनेमाको सार्वजनिक गीतमा निर्देशक गिरीको शब्द रचना तथा स्वर अनि जोन तामाङको संगीत रहेको छ । सिनेमाको कथा पौराणीक रहेकाले पनि दशैंको अवसरमा रिलिज गर्न लागेको जानकारी निर्माण टिमले दिएको छ । सिनेमाको यसअघि सार्वजनिक टिजरले दर्शकमाझ राम्रो छाप छोडेको दाबी निर्देशक गिरीको छ ।
गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएकको सिनेमामा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र बिशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।
आगामी दशैंको घटस्थापना अर्थात् असोज २६ गतेबाट प्रदर्शनमा आउने सिनेमामा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्धन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पाद रहेको छ ।
सिनेमाको सम्पुर्ण छायांकन सर्लाही र सप्तकोशी किनारमा गरिएको हो । युवराज गिरीको लगानी रहेको सिनेमालाई करण श्रेष्ठ क्रेजीका रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment