सालको काठसहित एक जना अटो चालक पक्राउ

डिसी नेपाल
१९ साउन २०८० ९:००
332
Shares

धनगढी। कैलालीमा सालको काठसहित एक जना अटो चालक पक्राउ परेका छन्।

जिल्लाको धनगढी उप–महानगरपालिका–३ क्रेशर ग्राउण्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका– ९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन्। मल्ले चलाएको से.१ स. ३६६० नम्बरको अटोमा ५ फिट लम्बाई भएको १९ थान सालको जस्तो देखिने कडि प्रहरीले फेला पारेको हो।

काठ र अटोसहित मल्ललाई नियनत्रणमा लिई कारबाहीकालागि जिल्ला वन कार्यालमा बुझाएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *