मधुसुदन भट्टराईको निर्देशनमा ‘हामी तीन भाई’को छायांकन सुरु
काठमाडौं। मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ’हामी तीन भाई’को छायांकन सुरु भएको छ। असार २९ गते गोर्खास्थित मनकामना मन्दिरमा सिनेमाको स्कृप्ट पुजा गरिएको शुक्रबारबाट मकवानपुरको चित्लाङबाट सिनेमाको छायांकन सुरु गरिएको हो।
साजित महत प्रस्तुतकर्ता रहेको सिनेमामा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा हर्के हवल्दार, यादव देवकोटा सरापे, भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसी, अन्जु हमाल, बिकास चापागाईं सुष्मा निरौला, राज दिप, तारा शर्मा र बाल कलाकार एलेक्स खड्काको अभिनय रहनेछ।
निर्देशक भट्टराईको कथा रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सिनेमाको सहनिर्मातामा छन्। बिशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन्।
शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्वसंगीत, मिक्सिङ मुकेश शाह, भिएफएक्स समिर मियाँ, बनिष शाहको सम्पादन रहेको सिनेमाका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञान कुमार कट्टेल तथा सहायक निर्देशक दिनेश कार्की हुन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment