रामकृष्ण ढकालको ‘दिन ढल्यो’ सार्वजनिक (भिडियो)
काठमाडौं। समिप ईन्टरटेन्मेन्टको प्रस्तुतीमा गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘दिन ढल्यो’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा शब्द हिमाँशु रायमाझी गोधुलीको रहेको छ भने सँगीत बरिष्ठ सँगीतकार राम सिटौलाले भरेका छन्। संगीत संयोजन विश्व अधिकारीको रहेको छ।
दिलिप समनद्वारा निर्देशित भिडियोमा प्रज्वल जङ्ग कार्कीअनिमा विश्वकर्मा, रितेश ढकालको अभिनय देख्न सकिन्छ। उक्त गीतलाई मिलन संकरले खिचेका हुन् भने भिडियो सम्पादन तथा कलरिंग फराज अर्पणको रहेको छ।
गीतमा युगल जोडि बिच हुने प्रेम र बिछोडको कथा देखाईएको छ। पुरानो बानेश्वर स्थित टिपसि ब्याम्बो कटेजमा एक औपचारिक भेला बिच गीतको भिडियो सार्वजनिक गरिएको हो।
गीतले दर्शक श्रोताको मन जित्ने कुरामा निर्माण पक्ष विश्वस्त छ र गीतलाई समीप ईन्टरटेन्मेन्ट युटुब च्यानलमा गएर हेर्न सकिन्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment