आज पनि एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

डिसी नेपाल
२१ साउन २०८० ८:०२
60
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ।

केन्द्रीय कार्यालय आलोकनगरमा अहिले बिहान ११ बजे बोलाइएको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। यसअघि शनिबार बसेको बैठकमा १८ जना सदस्यले आफ्ना धारणा राखेका छन् ।

शनिबारको छलफलमा सरकारको गतिविधि, समाजवादी पार्टीको भूमिका र समाजवादी मोर्चाबारे सदस्यहरूले धारणा राखेका छन् । बैठकमा महाधिवेशनबारे पनि छलफल भएको भएको जनाइएको छ ।

आजै सकिने बैठकमा स्थापना भएको दुई वर्षसम्म पार्टीले गरेका गतिविधिका विषयमा समीक्षात्मक धारणा राख्ने र त्यस आधारमा निष्कर्ष निकाल्ने तयारी रहेको छ । एकीकृत समाजवादीले ३५ सदस्यीय पदाधिकारी बनाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *