के बारम्बार भोक लागिरहन्छ ? यी रोगको संकेत हुनसक्छ
काठमाडौं। खाना यस्तो चीज हो जसले मानिसको मुड राम्रो बनाउँछ, शरीरलाई पोषक तत्व चाहिन्छ जुन हामीले खानाबाट पाउँछौँ। भोक लाग्नु सामान्य कुरा हो तर धेरैलाई खाना खाएपछि पनि बारम्बार भोक लाग्ने गर्छ ।
यदि तपाईलाई पनि खाना खाको केही समयमै फेरी भोक लागेको अनुभव हुन्छ केही खाउ खाउ हुन्छ ? होसियार हुनुहोस्, अत्यधिक भोक धेरै गम्भीर रोगहरूको संकेत हुन सक्छ। धेरै भोक लाग्दा कुन–कुन रोगको लक्षण हुन्छ जानौं।
अत्याधिक भोक लाग्नुको कारण के हुन सक्छ:
मधुमेह– अत्याधिक भोक लाग्नुको कारण पनि मधुमेह हुन सक्छ । मधुमेहका बिरामीलाई खाना खाएपछि पनि भोक लाग्छ, वास्तवमा शरीरमा इन्सुलिनको अपर्याप्त उत्पादनका कारण यस्तो हुन्छ । मधुमेह निको नहुने रोग हो तर समयमै पत्ता लागेमा खानपान र जीवनशैलीमा परिवर्तन गरेर यसलाई नियन्त्रण गर्न सकिन्छ ।
थाइरोइड रोग– शरीरमा थाइराइडको सन्तुलन नहुँदा पनि भोकको अनुभूति हुन्छ । घाँटीमा पुतलीको आकारको एउटा ग्रन्थी हुन्छ जसबाट थाइरोइड हर्मोन निस्कन्छ, जब शरीरमा यो हर्मोनको सन्तुलन बिग्रन थाल्छ, हाइपर थाइराइडिज्म वा हाइपोथाइराइडिज्म हुन्छ । थाइराइडको समस्यामा भोक नलाग्नेसँगै तौल बढ्न थाल्छ र कतिपयको अनुहारमा हल्का कपाल पनि देखिन थाल्छ ।
डिप्रेसन– तनावका कारण मानिसहरु प्रायः डिप्रेसनको सिकार हुन्छन् । तनाव वा डिप्रेसनका कारण पनि मानिसलाई बढी भोक लाग्छ, जसका कारण उनीहरूले धेरै खाने गर्छन् । तनावका कारण शरीरमा कोर्टिसोल हर्मोन बढ्छ, जसले हाम्रो भोकलाई असर गर्छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment