राहुल गान्धीको लोकसभा सदस्यता पुनर्स्थापित

डिसी नेपाल
२२ साउन २०८० ११:००
160
Shares

काठमाडौं । कांग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता बहाल भएको छ । राहुल गान्धी केरलाको वायनाडबाट लोकसभा सांसद हुन्। यस सम्बन्धमा सोमबार लोकसभा सचिवालयले एक सूचना जारी गरेको हो।

२०१९ मा राहुल गान्धीले ‘मोदी थर’ को बारे मा एक बयान दिए। जसका लागि भाजपा विधायक पूर्णेश मोदी सुरतको तल्लो अदालत पुगेका थिए ।

तल्लो अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो। अदालतले फैसला गरेको २४ घण्टाभित्र उनको लोकसभाको सदस्यता खारेज भएको थियो ।

तर, शुक्रबार सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा रोक लगाएको थियो । त्यसपछि उनको सदस्यता पुनर्स्थापना भएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *