यो बानीले महिलामा कलेजोको क्यान्सरको जोखिम बढ्दो

डिसी नेपाल
२५ साउन २०८० १५:३७

काठमाडौं। विश्वभर क्यान्सरको जोखिम तीव्र गतिमा बढिरहेको पाइन्छ । क्यान्सर एक घातक स्वास्थ्य समस्या हो जसले हरेक वर्ष लाखौं मानिसहरूको मृत्यु निम्त्याउँछ।

सबै उमेरका मानिसलाई यो रोगको जोखिम हुनसक्ने भएकाले रोकथामका उपायहरु अपनाउनु जरुरी रहेको स्वास्थ्य विज्ञहरु बताउँछन् । अन्वेषकहरूले पत्ता लगाएका छन् कि केही यस्ता जीवनशैली र खानपान बानीले क्यान्सरको जोखिम बढाउन सक्छ, जसको बारेमा सबैले होसियार हुनुपर्छ।

क्यान्सरको बढ्दो जोखिम बुझ्नको लागि गरिएको अध्ययनमा वैज्ञानिकहरूको टोलीले केही नियमित बानीले महिलामा क्यान्सरको जोखिम बढाउन सक्ने देखाएको छ, जसलाई गम्भीरताका साथ लिनुपर्छ र रोकथामका उपायहरू गरिरहनु आवश्यक छ ।

शोधकर्ताहरूले पत्ता लगाए कि दिनहुँ चिनी– गुलियो पेय पदार्थ सेवन गर्ने महिलाहरूलाई कलेजोको क्यान्सर र दीर्घकालीन कलेजो रोगबाट मृत्युको जोखिम बढी हुन्छ।

चिनीयुक्त पेय पदार्थले क्यान्सरको जोखिम बढाउँछः

अमेरिकास्थित ब्रिघम एण्ड वुमेन्स हस्पिटलका अन्वेषकहरूले गरेको एक अध्ययनमा वैज्ञानिकहरूको टोलीले यसबारे छलफल गरेको थियो। अध्ययनमा ९८,७८६ पोस्टमेनोपजल महिलाहरू समावेश थिए।

२० वर्षभन्दा लामो समयसम्म गरिएको उक्त अध्ययनले दैनिक एक वा बढी चिनीयुक्त पेय पदार्थ सेवन गर्ने ६.८ प्रतिशत महिलामा कलेजोको क्यान्सरको जोखिम ८५ प्रतिशत र दीर्घकालीन कलेजो रोगबाट मृत्यु हुने जोखिम ६८ प्रतिशतले बढेको पाइएको थियो।

स्वास्थ्य विशेषज्ञहरूले पत्ता लगाएका छन् कि चिनीयुक्त पेय पदार्थले सबै मानिसहरूलाई हानिकारक प्रभाव पार्न सक्छ, तर महिलाहरूमा यो जोखिम बढी देखिन्छ।

कलेजोको क्यान्सर र कलेजो रोगहरूः

शोधकर्ताहरूले स्व–रिपोर्ट गरिएको कलेजोको क्यान्सर र फाइब्रोसिस, सिरोसिस, वा क्रोनिक हेपाटाइटिस जस्ता पुरानो कलेजो रोगका कारण मृत्युको घटनाहरूको मूल्याङ्कन गरे। अनुसन्धानका क्रममा वैज्ञानिकहरूले यी महिलाहरूको डाटा अध्ययन गर्दा धेरै चिनीयुक्त पेयपदार्थ सेवन गर्ने महिलामा यस प्रकारको जोखिम बढी हुने पत्ता लागेको थियो ।

कलेजो क्यान्सरको जोखिम बढ्योः कलेजोको क्यान्सर विश्वव्यापी रूपमा बढ्दो गम्भीर स्वास्थ्य जोखिम हो। तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष आठ लाखभन्दा बढी मानिसमा क्यान्सरका कारण निदान हुने गरेको छ । यो क्यान्सर मृत्युको प्रमुख कारण हो, जसले हरेक वर्ष सात लाख भन्दा बढीको मृत्यु हुन्छ। जीवनशैली र खानपानमा परिवर्तन गर्नाले यो रोगको जोखिम धेरै हदसम्म कम गर्न सकिने स्वास्थ्य विज्ञहरू बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *