आत्तिएका यादव र नडगमगिएका प्रचण्ड

डिसी नेपाल
२७ साउन २०८० ७:२०

काठमाडौं । सरकारले ‘गौर हत्याकाण्ड’को छानबिन गरी अपराधीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने सहमति गरेसँगै सत्तारूढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) त्यसको विरोधमा उत्रेको छ ।

न्यायको माग गर्दै आन्दोलनमा रहेको पीडित संघर्ष समितिका संयोजक रूपसागरदेवी उपाध्यायलगायतका आन्दोलनकारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट गरी पीडित परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेका थिए । सोहीअनुसार गृह मन्त्रालयले संघर्ष समितिसँग गत मंगलबार सहमति गरेको थियो ।

सहमतिपत्रमा घटनाको छानबिन गरी अपराधीलाई कारबाही गर्ने, पीडित परिवारलाई न्याय दिनेलगायतका विषय उल्लेख गरिएको छ । सो सहमति भएको पत्र सार्वजनिक भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव आत्तिएका छन् । ’cause यादवसहितका नेताविरुद्ध किटानी जाहेरी परेको छ । पीडित परिवारले यादवकै योजना एवं निर्देशनमा २८ जनाको हत्या हुनेगरी गौर हत्याकाण्ड भएको बताउँदै आएको छ ।

गौर हत्याकाण्डका पीडितसँग सरकारले सहमति गरेको पत्र पढेपछि यादवले पार्टीको विशेष बैठक बुधबार बोलाएका थिए । बैठकमा यादवले प्रधानमन्त्री प्रचण्डले गौर हत्याकाण्डको छानबिन गरेर आफूहरूलाई जेल पठाउन खोजेको र अब सरकारको विकल्प’bout अगाडि बढनुपर्ने धारणा राखेका थिए ।

छलफलपश्चात यादवले प्रधानमन्त्री प्रचण्डलाई भेट्न खोजेका थिए । तर, तत्काल उनीहरूको भेटघाट हुन सकेन । सहमतिपश्चात आत्तिएका यादव दौडिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर तत्कालै सत्तारूढ दलको बैठक बोलाउनुपर्ने माग गरे । गौर हत्याकाण्ड छानबिन गरी अगाडि बढाउने काम सरकारले गर्छ भने आफूहरू सरकार छोड्ने भनेर यादवले देउवासामु घुर्की देखाउँदै निस्केका थिए ।

यादव र देउवासँगै रहेका एक नेताका अनुसार त्यसपछि देउवाले सो कुरा प्रधानमन्त्री प्रचण्डलाई सुनाएका थिए । तर, प्रचण्डले देउवालाई सिधा जवाफ दिए, ‘१२ गए १४ आउँछ । चिन्ता नगर्नुस् ।’

यो भनेको यादवको पार्टी गए राप्रपालाई सरकारमा भिœयाउने प्रचण्डको भरलाग्दो जवाफ थियो । जसपासँग १२ सांसद छन् र राप्रपासँग १४ जना सांसद रहेका छन् । राप्रपा पनि भित्रभित्र सरकारमा जाने विषयमा आन्तरिक बहसमै रहेको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले गत १६ जेठको संसद् बैठकमा भनेका थिए, ‘ठुलाठुला भयानक हत्याकाण्ड छन्, ती हत्याकाण्डको खोजिनीति गर्नु छ चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड ।’

सोही दिन प्रचण्ड माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकमा सहभागी भएका थिए । त्यहाँ उनले सम्बोधन गर्ने क्रममा गौर हत्याकाण्डको पनि कुरा उठाएका थिए । बैठकमा प्रचण्डले भनेका थिए, ‘ती घटनामा के भएको हो भन्ने कुराको सत्यतथ्य केही आएको छैन । यी सबै कुरा लगेर अब जनतामा नयाँ विश्वास जगाउनु छ ।’

प्रचण्डले गौर हत्याकाण्ड’bout चासो राख्नु र यता आन्दोलनरत पीडित परिवारसँग सो’bout छानबिन गर्ने, अपराधीलाई कारबाही गर्ने र पीडित परिवारलाई न्याय दिने सहमति गर्नुले जसपा अध्यक्ष सशंकित हुनु स्वाभाविक नै हो । त्यसैले यादवले सरकार छोड्ने घुर्की देउवादेखि प्रचण्डसम्मलाई दिइरहेका छन् ।

सहमतिले शान्ति बिथोल्ने काम ग-यो : जसपा

सरकारले गौर हत्याकाण्डका पीडित परिवारलाई हत्याकाण्ड’bout छानबिन, अपराधीलाई कारबाही गर्ने, पीडित परिवारलाई न्याय दिने भनेर सम्झौता गरेपछि जसपाले सरकार छोड्ने घुर्की दिएको छ । साथै सो सम्झौताले सिंगो मुलुकको शान्ति, स्थिरता र सद्भाव नै बिथोल्ने काम सरकारले गरिरहेको आरोप लगाएको छ ।

जसपाद्वारा शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनीषकुमार सुमनले विगतको सहमति, सम्झौताविपरीत सरकारले गौर हत्याकाण्डका पीडितसँग सहमति गरेर शान्ति बिथोल्ने काम गरेको आरोप लगाए ।

‘नेपाल सरकार (गृह मन्त्रालय) र रूपसागर देवी उपाध्याय (गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक)बिच भएको सम्झौताले सिंगो मुलुकको शान्ति, स्थिरता र सद्भाव नै बिथोल्ने कार्य गरेको छ, जुन अत्यन्त दुःखद् हो,’ जसपाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगतमा सो घटना’bout गठन गरी विभिन्न आयोगद्वारा गरिएको छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै जसपाले अहिले आएर घटना भएको १७ वर्षपछि किन सम्झौता ग¥यो ? भन्ने प्रश्न गरेको छ । सरकारले पीडितसँग सहमति गरेपछि जसपाले त्यसलाई रहस्यमय रहेको भन्ने संज्ञा दिएको छ ।

‘सर्वपक्षीय उच्चस्तरीय संसदीय समिति गठन गरी सो समितिमार्फत सत्यतथ्य पता लगाई समस्याको समाधान गरियोस्, दोषी उम्काउने र घटना सम्बन्धमा संलग्न नै नरहेको व्यक्तिलाई बदनियतपूर्ण ढंगले फसाउने कार्य सरकारले बन्द गरोस्’ जसपाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जसपाले आमजनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहको उक्साहटमा सो सहमति भएको संकेत गर्दै भनेको छ, ‘फेरि छानबिनको नाममा कसैको उक्साटमा सम्झौता किन गरेको छ ? यो सम्झौताको बुँदा नं. १ बाट स्पष्ट हुन्छ । केही पार्टीका नेतृत्व मुलुकलाई फेरि पनि राजनीतिक अस्थिरता र द्वन्द्वमा धकेल्ने र आफू शक्तिशाली बन्दै सत्तास्वार्थ पूरा गर्ने ।’

जसपाले गौर हत्याकाण्ड हुनुमा तत्कालीन नेकपा (माओवादी)का भ्रातृसंगठन मधेसी राष्ट्रिय मुक्ति मोर्चाका महासचिव प्रभु साहसहितका हठका कारण भएको आरोप लगाएको छ । आक्रोशित जनता र माओवादीबीच कार्यक्रम स्थल र टाढाटाढा गाउँगाउँमा भिडन्त भई सो घटना भएको जसपाले जनाएको छ । पार्टी अध्यक्ष यादव सो घटनामा संलग्न नभएको दाबी जसपाले गरेको छ ।

जसपा अपराधी जोगाउने अभियानमा : आजपा

यता आजपाले गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने सवालमा जसपाले अपराधीलाई संरक्षण गरेको जनाएको छ । सरकारले पीडितसँग सहमति गरी घटनाको छानबिन गर्ने, अपराधीलाई कारबाही गर्ने, पीडित परिवारलाई न्याय दिलाउने विषयमा जसपाले आपत्ति जनाउनु र अपराधीलाई संरक्षण गर्नुपर्ने आवश्यक नभएको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

‘चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्ने भनाइझंै यस घटनामा उपेन्द्र यादव र जसपाको पछिल्ला भूमिकासमेतले आमजनतामा धेरै कुरा आफंै पनि प्रस्ट गरिरहेको स्थिति छ । हाम्रो पार्टीका अध्यक्ष प्रभु साह यस घटनामा प्रारम्भिक समयदेखि नै निरन्तर पीडितलाई न्याय दिलाउन प्रतिबद्ध एवं सक्रिय रहँदै आएको विषय जगजाहेर नै छ,’ आजपा प्रवक्ता साहले भनेका छन्, ‘यस दुःखद घटनामा हतास एवं पराजित मनोविज्ञानका साथ जसपाले अहिले आएर विभिन्न जालझेल, षडयन्त्र एवं प्रपञ्चको भरमा वास्तविक अपराधीलाई उन्मुक्ति दिलाउन सकिन्छ कि भनेर हाम्रो पार्टीका अध्यक्षमाथि लगाएको आधारहीन एवं कपोकल्पित लान्छाना केवल अपराधी जोगाउन विषयान्तरको दुस्प्रयास रहेको हाम्रो बुझाइ छ ।’

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *