सिरोहिया अस्वस्थ, अस्पताल भर्ना

डिसी नेपाल
१२ जेठ २०८१ १०:१४
548
Shares

जनकपुर। हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। उनको मुटुमा समस्या आएको बताइएको छ।

सिरोहियाको नागरिकताको विषयमा गत मंगलबार काठमाडौंमा पक्राउ गरी उनलाई धनुषा लगिएको थियो।

उनलाई शुरुमा तीन दिन र शुक्रबार थप तीन दिनको समय थपेर अनुसन्धान भैरहेको छ । सिरोहियालाई अहिले जनकपुरस्थित काव्या अस्पतालमा राखिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *