विशाल निरौलाको ‘भैगो अब म नि रुन्न’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं। विशाल निरौलाको स्वर तथा संगीत र एलोन रेशमको शब्द रहेको ‘भैगो अब म नि रुन्न’ बोलको गीत सार्वजनिक भएको छ।
विदेशमा रहेर पनि नेपाली गीत संगीत भनेपछि हुरुक्कै हुने पशुपति चौलागाईंको अभिनय रहेको गीतको भिडियोमा उनलाई विना राउतले साथ दिएकी छिन्। उक्त गीतको भिडियोमा अभि सुनार पनि फिचर्ड छन्।
म्युजिक भिडियोको निर्देशन राहुल बराइलीको रहेको छ। मुकेश हुमागाइंले छायांकन गरेकाे भिडियोको सम्पादन विनोद बमले गरेका हुन्।भिडियो एएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment