बाजुरामा एक महिलालाई खोलाले बगायो

डिसी नेपाल
२९ साउन २०८० २१:२७
108
Shares

बाजुरा । बाजुरामा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्।

जिल्लाको मुक्तिकोटमा ती महिला बेपत्ता भएकी हुन्। स्वामिकार्तिकखापर गाउँपालिका–१ मुक्तिकोटका प्रसाने बिककी ६५ वर्षीया पत्नि गुवा बिक सोमबार दिउँसो बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कोल्टीबाट घर फर्किने क्रममा सोही ठाउँको रोडी खोला तर्ने क्रममा गुवालाई बगाएको हो। प्रहरी चौकी जुड्डी र अस्थायी प्रहरी पोष्ट मुक्तिकोटको संयुक्त टोलीले स्थानीयको सहयोगमा बेपत्ता वृद्धाको खोजी गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *