आजदेखि मलमास सकिँदै

डिसी नेपाल
३१ साउन २०८० ७:०७
1.1k
Shares

काठमाडौं। यही २ साउनदेखि सुरु भएको अधिकमास अर्थात् मलमास आज समाप्त हुँदैछ। आज दिउँसो २१ घडी ५ पला अर्थात् २ बजेर १ मिनेटसम्म औँसी तिथि छ।

भगवान् विष्णु अर्थात् पुरुषोत्तम​को आराधना गरिने भएकाले मलमासलाई पुरुषोत्तम महिना पनि भन्ने गरिएको छ।

मलमासको अन्तिम दिन आज श्रद्धालुले व्रत, उपवास, विष्णु भगवानको जप, पूजा, भजन कीर्तन तथा पुराण पाठ गर्नुका साथै दान गर्ने प्रचलन छ।

काँसको थालमा भगवान् विषणुका नामले ३३ वटा मालपुवा राखेर तिल र सुनको प्रतिमासहित वस्त्रले ढाकेर दान गर्ने परम्परा छ। मलमासका कारण यस वर्ष जनैपूर्णिमा, तीज दशैँ र तिहार जस्ता चाडपर्व झण्डै एक महिना पछाडि धकेलिएका छन्।

सूर्यमानअनुसार वर्षमा ३६५ दिन र चान्द्रमान अनुसार वर्षमा ३५४ दिन हुन्छ। यसरी हेर्दा सूर्य र चन्द्रमानबीच वर्षमा लगभग ११ दिनको फरक आउँछ । तीन वर्षमा ३३ दिनको फरक पर्ने भएपछि त्यही एक महिनालाई अधिकमास भन्ने गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *