नेको इन्स्याेरेन्सको खुद मुनाफामा सामान्य बढोत्तरी, इपीएस कति ?
काठमाडौं। गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा नेको इन्स्याेरेन्सको खुद नाफामा सामान्य सुधार भएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १.५३ प्रतिशतले बढेर ५५ करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षमा ५४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यसअवधिमा खुद बिमा शुल्क आम्दानी ४.०३% ले घटेर १ अर्ब ६५ करोड ९७ लाख ४ हजार रुपैयाँ कायम भएको छ। यद्दपि, पुनर्बिमा कमिसन, लगानी तथा कर्जा आम्दानीलगायत सूचकमा सुधार भएपछि नाफा सामान्य बढेको हो।
बिमा कोषको आकार भने २०.३४ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ३६ लाख रुपैयाँ पुगेको छ। रिजर्भ कोषमा भने सामान्य गिरावट आएको छ। यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ७९ पैसा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment