रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको आईपीओ बाँडफाँट
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको आइपीओ बाँडफाँट भएको छ। यसमा गोलाप्रथामार्फत ९ लाख ६० हजार जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन्।
यो आइपीओमा कुल १३ लाख ६४ हजार ३५३ जनाले आवेदन दिएकामा १३ लाख ५६ हजार ८३५ जनाको आवेदन गोलाप्रथाका लागि योग्य भएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी गराएको छ । ७ हजार ५१७ जनाको आवेदन रद्द भएको छ।
कम्पनीले साउन २३ गतेदेखि २६ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँको दरले सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर बिक्री गरेको थियो। लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन्।
साथै, रिलायबल नेपाल लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment