सेयर लगानीकर्ता आन्दोलित
काठमाडाैं। पूँजी बजारमा अहिले देखिएको संकट समाधान गर्नुपर्ने भन्दै सेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएका छन्।
लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा सेबोन पुगेको टोलीले सेयरबजारमा गम्भीर प्रकारका संकट आउँदा पनि सेवोन, नेप्से र अर्थमन्त्रालयले गर्नुपर्ने कुनै काम नगरेको भन्दै बोर्डको ध्यानाकर्षण गराएका हुन्।
सेयर बजारमा आपूर्तिको मात्र ओइरो लागेर माग पक्ष अति कमजोर हुँदै गएकाले ५६ लाख लगानीकर्ताहरुको लगानी अति जोखिममा परेकाले ध्यानाकर्षण गराइएको कोइरालाले बताए।
राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सीमा तत्काल हटाउँन, बैंक तथा बित्तीय संस्थाहरुलाई अल्पकालीन लगानीमा लगाएको बन्देज खारेज गरी संस्थागत लगानीकर्ताहरुको हस्तक्षेप गराउन पनि ध्यानाकर्षण गराइएको उनले जानकारी दिए।
अंकित मूल्यमा आउने आईपीओमा ५० प्रतिशत आम सर्वसाधारणलाई, १० प्रतिशत विदेशमा बस्ने नेपालीलाई र ४० प्रतिशत कानूनी ब्यक्ति अर्थात कम्पनीको रुपमा दर्ता भएका लगानीकर्तालाई वितरण हुने गरी संस्थागत लगानीकर्ताको सहभागिता अनिबार्य गर्न गराउन पनि उनीहरुले ध्यानाकर्षण गराएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment